महाअभियाेग टुङ्गाे नलागेसम्म जबरा सर्वाेच्च फर्किन मिल्दैन : अधिवक्ता श्रेष्ठ

 असोज २, २०७९ आइतबार १३:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एसाेसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा प्रतिनिधि सभाले महाअभियोगको टुङ्गो नलागाएसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भइरहेका बेला आइतवार सर्वोच्च अदालतको मूलगेटमा पुग्नुभएका अधिवक्ता श्रेष्ठले संविधान र कानुनअनुसार प्रतिनिधि सभाले महाअभियोगको टुङ्गो नलगाएसम्म महाअभियुक्तको रूपमा रहेका जबरा सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘महाअभियुक्तले आफूले गरेको अपराध जे–जस्तो भए पनि सफाइ पाउनुपर्दछ भन्छन् । तर संविधान र कानुनले महाअभियुक्तलाई कारबाही सुरुवात भइसकेपछि जबसम्म त्यसको टुङ्गो लाग्दैन, महाअभियोगको प्रस्तावमा छलफल चलेर टुङ्गोमा पुग्दैन तबसम्म उसले काम गर्न नपाउने कुरा संविधानले नै भनेको छ । त्यस कारण निलम्बित प्रधानन्यायाधीश सर्वोच्च अदालतमा आउन सक्दैन । महाअभियोगको प्रस्ताव छलफल भएर कारबाही प्रारम्भ भइसके पछाडि त्यो कारबाहीकाे टुङ्गाे नलागेसम्म उसले आफ्नो काममा फर्कन पाउने छैन भन्ने संविधान धारा १०१ को उपधारा ६ मा प्रष्ट लेखिएको छ ।’

वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले संसदमा हिजै बुझाएको जबरामाथि लगाइएको महाअभियोगको छानबिनकाे प्रतिवेदन नयाँ आउने प्रतिनिधि सभाले टुङ्गो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूहरूले न्यायालयको विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया