गोल्यान समूहले सौर्य ऊर्जाबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

 माघ १०, २०८१ बिहीबार १५:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोल्यान समूहले सौर्य ऊर्जाबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।

भारतको हरित ऊर्जाको अग्रणी कम्पनी प्रोजिल ग्रीन इनर्जीसँग मिलेर गोल्यान समूहले आउँदो २४ देखि ३० महिनाभित्र ५ सय मेगावाट बिजुली उत्पादन गर्ने बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको छ । बिजुली उत्पादनका लागि गोल्यान समूह र प्रोजिलबीच यसअघि नै सम्झौता भइसकेको छ ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताउनुभयो । नियामक निकायको हैसियतले आयोगले पनि नयाँ–नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैं तत्पर रहेको अध्यक्ष धितालले उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताउनुभयो । बन्दै गरेको विद्युत् विधेयकमा सौर्य ऊर्जाको विषय समेट्नुपर्नेमा उहाँको जोड छ ।

प्रोजिल ग्रीन इनर्जीका अध्यक्ष शोबित बैजनाथ रायले गोल्यानसँग मिलेर नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोशेढुङ्गा हासिल गर्न अघि बढिरहेको बताउनुभयो ।

यस्तै गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रोजिल इनर्जीले भारतका विभिन्न ठाउँमा सौर्य ऊर्जाबाट २ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र १ हजार मेगावाट बिजुली उत्पादनको चरणमा रहेको जनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया