संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

 असोज ३, २०७९ सोमबार ७:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्ब'सहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिनुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • binod karki

    Sept. 19, 2022, 10:42 a.m.

    अति राम्रो काम यसका अलवा सबै कारागारहरुमा आम बन्दीहरुलाइ उनिहरुको दक्षता अनुसार र तालिमबाट कार्यशाला निर्माण गरी स्वरोजगारको व्यवस्थापन गर्न सकियो भने मलाइ लाग्छ उनीहरुलाइ ६० रुपैया दाम र ७०० ग्राम चामल दि रहनु नपर्ला । यस तर्फ पनि सरकारको निती निर्माणमा ध्यान जाओस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया