मकवानपुर : बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ७ पुग्यो, २४ जना घाइते

 असोज ६, २०७९ बिहिबार १६:४७:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

काठमाण्डाैबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । 

दुर्घटनामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाग्रस्त हुँदा काठमाण्डाै जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया