मकवानपुरको कर्रा खोलामा डुबेर तीन जना बालककाे ज्यान गयाे

 असोज ७, २०७९ शुक्रबार १९:४६:४१ | हरि हुमागाईं
unn.prixa.net

साङ्केतिक तस्बिर

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ न्युरेनी नागदहको कर्रा खोलामा डुबेर तीन जना बालकको ज्यान गएको छ। 

पाैडी खेल्ने क्रममा डुबेका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तानकाे ज्यान गएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटाैँडा ५ र ७ को सिमानामा पर्ने न्युरेनी नागदहमा रहेकाे कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

आज दिउँसाे चार जना बालकहरु पौडी खेल्न खोलामा गएकामा एक  जनाकाे भने सकुशल उद्धार गरिएकाे थियाे ।  उनीहरु हेटौँडा-१५ फारलाइनबाट पौडी खेल्न आएका प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया