चाडपर्व लक्षित गरी खोटाङको ऐँसेलुखर्कमा सडक मर्मतकाे काम सुरु

 असोज ८, २०७९ शनिबार १२:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ ।

आसन्न दशैँ तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाण्डाै ओहोर–दोहाेर गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो ।

खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एवम् चाडपर्वका समयमा सहज आवतजावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो ।

गाउँपालिकाले वर्षायाममा सडकमा खसेको पहिरो, ढुङ्गा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ। 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया