सुनचाँदीको भाउ आज पनि घट्यो

 असोज ११, २०७९ मंगलबार ११:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०७९

तपाईको प्रतिक्रिया