ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे
मंसिर २४, २०८० आइतबार
दाङ – दाङ सहित पश्चिम तराईका थारु समुदायले आज दशैँ पर्व मनाइरहेका छन् । दाङका थारु समुदायले टीका जमरा लगाउनुका साथै नाचगान गरेर रमाइलो गरिरहेका छन् ।
उनीहरुले चामलको पिठोको सेतो टीका र मकैको जमरा लगाउने गर्दछन् । महाभारत युद्ध गर्न जाँदा भिम पक्षलाई विजयको कामना गर्दै टीका लगाएर बिदाइ गरेको सम्झनामा थारु समुदायले नवमीको दिन टीका लगाउने गरेको थारु अगुवाहरु बताउँछन् ।
दिवंगत बाबुआमाको सम्झनामा ‘पित्तर’ दिने प्रचलन समेत यो पर्वमा हुन्छ । पूजाआजा पछि गाउँका महतवाले आफ्नो गाउँका थारु समुदायलाई टीका लगाइदिने गर्दछन् । थारु समुदायले गाउँको महतवाबाट टीका लगाएपछि मात्रै आ आफ्नो घरमा टीका लगाउने गर्छन् ।
घरमा टीका लगाइसकेपछि गुरुवा सुसाउने चलन छ । त्यसपछि गाँउलेहरु मतौको घरमा जम्मा भएर महाभारत सम्बन्धी विशेष गीत गाउँदै नाच्ने गर्दछन् ।
दशैँमा थारु समुदायले ‘थर्पैयाँ’ र ‘सखिया पैयाँ’ नाच नाच्ने गर्दछन् । महाभारतको गीत नसकिँदासम्म दशैँको नाच जारी रहन्छ । लुम्बिनी प्रदेशका दाङ बाँके बर्दिया र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका थारु समुदायले आजबाट दशैँको टीका लगाउन सुरु गरेका हुन् ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।