पोखराको सेती नदी भिरमा अड्किएकी युवतीको उद्धार

 असोज २०, २०७९ बिहिबार १६:२७:५० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भिरमा खसेर अड्किएकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । हिजाे बुधवार राति ९ बजे चिप्लिएर भिरमा खसेर सेती किनारभन्दा माथि अड्किएकी युवतीको उद्धार गरिएकाे हो ।

झन्डै दुई घण्टाकाे प्रयासपछि गोरखा घर भइ पोखरा १६ बस्ने २४ वर्षीया दुर्गा श्रेष्ठलाई उद्धार गरिएकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे । हिजाे राति ९ बजे भिरबाट लडेर सेती नदीको तिरमा अड्किएकाे जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो ।

वडा प्रहरी कार्यालय बगरका इन्सपेक्टर महेशकुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायब निरीक्षक मणिप्रताप थारुको कमान्डमा खटिएकाे प्रहरी टोलीले श्रेष्ठको उद्धार गरेको हो । उद्धार लगत्तै उनलाई पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियाे । उपचारपछि उनलाई आज बिहान डिस्चार्ज गरेर घर पठाइएकाे डीएसपी तिवारीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया