जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर ७ जनाको ज्यान गयो, २ जना घाइते

 असोज २२, २०७९ शनिबार ११:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ । 

गणेशबहादुर शाही, उहाँका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अरू दुई जनाको परिचय खुलेको छैन । 

यस्तै पहिराेम पुरिएर दुई जना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई अस्पताल पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । 

जुम्लामा अहिले पानी परिरहेकाले तत्कालै हेलिकप्टरबाट घाइतेलाई अस्पताल लैजान समस्या भएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया