रुपन्देही-३ मा एमाले, जसपा र राप्रपा गठबन्धनका उम्मेदवार बोहाेराद्वारा उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १२:५७:१७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहाेराले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । 

आइतवार भैरहवामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहाेराले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे । 

नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी नेपाल (जसपा) गठबन्धनबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया