रवि लामिछानेद्वारा चितवन–२ बाट उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १५:१४:९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । उहाँले आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । 

यसअघि लामिछानेले चितवन-३ बाट उठ्ने तयारी गर्नुभएकाे भए पनि अन्तिम समयमा चितवन–२ बाट उठ्ने निर्णय गर्नुभएको हाे । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्तासँग छलफल गर्नुभएकाे थियाे ।  

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया