हुम्ला : हवाई उद्धार हुन नसक्दा गर्भवतीको ज्यान गयो

 असोज २५, २०७९ मंगलबार ११:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ ।

अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताउनुभयो । खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर  हुम्ला पुग्न नसकेपछि उहाँको उद्धार हुन सकेन ।

उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका  सुधार नआएपछि हेलिकप्टर पुनः सुर्खेतमै फर्किएको थियो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया