ओलीद्वारा गृहमन्त्रीको राजीनामा माग, नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी

 असोज २६, २०७९ बुधबार १९:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गर्नुभएको छ । 

आज बुधवार गैरआवासीय नेपाली सङ्घकाे २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उहाँकाे भनाइ छ । 

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताउनुभयो । उहाँले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनुभयो । नागरिकतासम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उहाँकाे चुनौती थियाे ।

उहाँले भन्नुभयो, ‘हिजो गृहमन्त्रीजीले यस मञ्चको दुरुपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जाे अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो । यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किन भने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन, परमादेशीलाई आग्रह गर्न चाहन्छु– हामीसँग डिबेटमा आउनुस् न । हामी छौँ नि डिबेट गर्ने, हामीसँग डिबेट गर्न आए हुन्छ । त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो । वास्तवमा भन्ने हो भने त्यस टिप्पणीभन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागि सक्नुपर्दथ्यो ।’

अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया