महिला फुटबल : पुलिसकाे विजयी सुरुवात, रेखा पाैडेलकाे 'ह्याट्रिक'

 असोज २७, २०७९ बिहिबार १७:२८:१२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जाको वालिङमा आज बिहीवार भएको समूह 'ए' को खेलमा पुलिसले बाग्मती प्रदेशलाई ५–० गोलले पराजित गरेको हो । 

खेलकाे १७ औँ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेट पछाडि नै दोस्रो गोल थपेको थियो । रेखा पौडेलले एक्लो प्रयासमा गोल गरेकी हुन् । २१ औँ मिनटमा पौडेलले नै व्यक्तिगत दोस्रो गोल गरिन् । २३ औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गरिन । ८७ औँ मिनेटमा निरु थापाले पुलिसका लागि अर्काे गोल गरिन् । 

खेलमा बाग्मतीकी पहिराे राेजाइकी गोलरक्षक सजना माझी घाइते भएपछि झराना नगरकोटीले विकल्पका रूपमा मैदानमा बाेलाएकाे थियाे । 

खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीले राम्रो खेल्दा जित सम्भव भएको बताउनुभयो । बाग्मतीका प्रशिक्षक सुनिल श्रेष्ठले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेपेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया