१ सय ४९ वटा जातलाई ‘मधेशी’ को रुपमा परिभाषित गर्न मधेशी आयोगको सिफारिस

 कात्तिक २, २०७९ बुधबार ११:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा धेरै थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो ।

आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिस पनि गरेको छ ।

जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न आयोगले सिफारिस गरेको छ । त्यस्तै आयोगले सप्तरीको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन, नेपाल–भारत सीमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याकों समाधानका लागि पहल गर्न, मिथिला कलाको अन्तर्राष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया