साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ ।
यस्तै, चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । चालु आवको पछिल्लो सात महिनामा नौ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो अवधिमा रेमिट्यान्स आप्रवाह सात दशमलव तीन प्रतिशतले बढेर नौ खर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ७४ हजार छ सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको सात महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यसैगरी यस अवधिमासात अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गएको माघ मसान्तसम्म देशको शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती पछिल्लो सात महिनामा १६ दशमलव एक प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब आठ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती सात महिनामा १३ दशमलव नौ प्रतिशतले बढेर २१ खर्ब पाँच अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती ३७ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।
चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।