पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको स्वर्ण

 कात्तिक ३, २०७९ बिहिबार १७:५८:३१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण पदक विभागीय टोली सशस्त्र प्रहरी क्लबकाे एपीएफले जितेको छ ।

आज बिहीवार स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएर एपीएफले स्वर्ण जितेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले सान्त्वना गोल फर्काइन् ।  

महिला फुटबलमा कास्य पदक अर्काे विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया