रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
कास्की – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गर्नुभएकाे छ ।
आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘रुखलाई हँसिया हथौडामा भोट हाल्न गाह्रो । रुख र हँसिया हथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रुख, हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तो पनि सुनिन्छ ।कतिपयले प्रचार गर्दा आफ्नो त प्रचार गर्छन् तर अर्काको प्रचार गर्दैनन् । आफ्नो पार्टीको नभएको उम्मेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले सुनेको छु । यदि तपाईँहरूमध्ये कसैले चाहे जुनसुकै चुनाव चिह्नकाे भए पनि मेरोमा चाहिँ हाल्छु अर्कोमा हाल्दिन भने आफ्नै आत्मघात गरेजस्तै हो । तपाईँहरूले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट गर्नुभएन भने तपाईँ पनि जित्नुहुन्न ।’
अध्यक्ष प्रचण्डले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठूला–ठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताउनुभयो ।
उहाँले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुसीका साथ भोट हाल्न पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।