पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

 कात्तिक १०, २०७९ बिहिबार १८:८:३० | सागर राज तिमिल्सिना
unn.prixa.net

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे । 

सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला,  ढाका टोपी र सल लगाइदिएका थिए । 

बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालबालिकालाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयाे । 

पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै नाचेका थिए । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल हुने आयोजकको विश्वास छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया