निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
गोरखा – पूर्वप्रधानप्रधामन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक अर्को विकल्प नभएको जिकिर गर्नुभएको छ ।
चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नुभएका भट्टराईले आज आइतवार मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना चुनाव जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने दाबी गर्नुभएको हो । ‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमुना बनाउने एउटा सपना थियो’, उहाँले भन्नुभयो, ‘मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब चुनाव जितेर गएपछि बाँकी काम उहाँले (प्रचण्ड) ले पूरा गुर्नहुन्छ ।’ भट्टराईले प्रचण्डलाई गोरखाबाट चुनावमा उठाउने विषय आफ्नो पहिलेदेखिको चाहना भएको बेला अन्य दल र गोरखाका जनताले चाहेकाले अहिले राम्रो अवसर मिलेको बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले गोरखामा अधुरा रहेका पूर्वाधार निर्माणको काम आफूले छोडिसकेपछि भताभुङ्ग हुन्छन् कि भन्ने डर भइरहेका बेला सुखद संयोगका रूपमा प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ हस्तान्तरण गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको विषय भएको बताउनुभयो ।
उहाँले आफू सरकारबाहिर बसेर जनता र सरकारबीचको पुलको काम गर्न तयार रहेको बताउनुभयो । डा. भट्टराईले गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत पाउने बलियो सम्भावना रहेकाले गोरखालाई विकास समृद्धिको मोडल जिल्लाको रूपमा विकास गर्न समस्या नहुनेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।