अनुमतिविनै उडान गर्न खोजेको भन्दै प्राधिकरणले वायु सेवा निगमलाई स्पष्टीकरण सोध्यो

 कात्तिक १४, २०७९ सोमबार १५:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमले अनुमतिविनै उडान गर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

हिजो आइतवार नेपाल वायु सेवा निगमले प्राधिकरणबाटै उडान स्वीकृति नलिइकनै भारतको नयाँ दिल्लीमा उडान गर्न खोजेको र यो क्रियाकलाप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उडान स्वीकृति नै नलिइकन उडान गर्न खोजेको, गैरकानुनी तरिकाले बोर्डिङ पास वितरण गरेको, यात्रुलाई टिकट बेचेर समयमै खबर नगरिकन अलपत्र पारेको लगायतका घटना गैरसैनिक हवाई उडान ऐन तथा नियमावली, शिकागो महासन्धी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको उडान मापदण्डलगायतका कानुन विपरीत भएको प्राधिकरणले जनाएको छ । आउँदा दिनमा यस्ता गतिविधि दोहोर्‍याएमा निगमलाई थप कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणको उडान स्वीकृति नलिइकनै निगमले यात्रुलाई टिकट बेच्दा काठमाण्डौ– दिल्ली उडान प्रभावित भएको छ । हिजोका लागि टिकट लिएको दुई सय ७४ जना र आजका लागि टिकट लिएका एक सय ५० जना यात्रु दिल्ली जान पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया