एकजना यात्रु मात्रै लिएर उड्यो बुद्ध एअरको जहाज

 कात्तिक १६, २०७९ बुधबार ७:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् ।

केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै हुनुहुन्थ्यो ।

उहाँले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उहाँले लेख्नुभएको छ, "काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।"

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको उज्यालोलाई जानकारी दिनुभयो । अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उहाँको भनाइ छ ।

"हामीले कहिलेकाहीँ रित्तो जहाज उडाएको रेकर्ड पनि छ, मंगलबार पनि जम्मा एकजना मात्रै यात्रु हुनुभयो । तर सेड्युल अनुसार त उडाउनै पर्यो", जोशीले भन्नुभयो । एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्रु बोकेर काठमाण्डौ आएको थियो ।

 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया