किशोरी बलात्कारको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ : थप तीन जनाको खोजी चल्दै

 कात्तिक १७, २०७९ बिहिबार ७:४९:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुपन्देही - रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको विवरण दिएका छन् । थप तीन जनाको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया