चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने

 कात्तिक १९, २०७९ शनिबार १५:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव पूर्ति गर्न अनुदान शिक्षक दिन लागेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमबाटै पारित गरी ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुदान शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाको असोज १३ गतेको बैठकले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ । यो कार्यविधि अनुसार नगरपालिकाले माध्यमिक तह, आधारभूत तह र बालविकास तहका लागि छुट्टाछुट्टै आधार समेत तयार गरेको छ ।

अनुदान शिक्षकको बन्दोबस्त भएपछि सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने नगरपालिकाको दाबी छ । नगरपालिकाले यो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गर्ने र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुला प्रतियोगितामार्फत् छनोट गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाभित्र ३४ वटा सामुदायिक विद्यालय छन् ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया