ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा

 कात्तिक २२, २०७९ मंगलबार ७:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक नियम उल्लङ्घन गरेका स्कुल बसलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थीको सुरक्षाका लागि स्कुल बस निर्देशिका अनुसार गाडी सञ्चालन गर्न पनि ट्राफिक प्रहरीको आग्रह छ ।

विशेषगरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने गर्दा दुर्घटना समेत बढेको  छ । गएको बिहीवार स्कुलबाट घर फर्किने क्रममा बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको थियो ।

मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए–नभएको निरन्तर अनुगमन गर्ने र मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया