कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्याे

 कात्तिक २८, २०७९ सोमबार ८:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ। मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभइ माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो ।

पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो।

जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन बढेको बताउनुभयो । विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपैयाँको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो।

मुक्तिनाथकै होटल नरलिङका सञ्चालक तेन्जिङ गुरुङले यतिबेला सबैभन्दा धेरै भारतीय पर्यटक मन्दिर दर्शन गर्न पुग्ने गरेका बताउनुुभयो । मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा थोरै पर्यटक मात्र बास बस्ने र खाना खाएर जाने गरेको उहाँले जानकारी दिनुभयो।

दिनमा एक सयदेखि दुई सय जना सीमानाकासम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उहाँले जानकारी दिनुभयो । यस्तै, लोमान्थाङमा रहेको मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिनुभयो । दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उहाँले जानकारी दिनुभयो।

पर्यटकको चहलपहल बढेसँगै लामो समयदेखि बन्द रहेका होटल व्यवसाय पुरानै लयमा फर्कन लागेका व्यवसायी निर्मला शेरचनले बताउनुभयो । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीको बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलमा चहलपहल बढ्न थालेको बेनीका होटल सञ्चालक अमर कार्कीले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया