जर्मनीको बर्लिन राज्यमा सन् २०२१ मा सम्पन्न चुनावमा अनियमितता भएको ठहर

 मंसिर १, २०७९ बिहीबार ९:३३:४६ | एजेन्सी
unn.prixa.net

जर्मनीको एक अदालतले १४ महिनाअघि बर्लिन राज्यमा सम्पन्न चुनावमा अनियमितता भएको ठहर गरेको छ ।

अदालतले मत परिणाममा त्रुटि भएको भन्दै पुनः मतदान गर्न आदेश दिएको छ । बर्लिनको संवैधानिक अदालतले सन् २०२१ को सेप्टेम्बर २६ मा भएको मतदानमा जर्मनीको राजधानी बर्लिनले आधारभूत मूल्यमान्यता पूरा गर्न नसकेको ठहर गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

जर्मनी युद्धपछिको इतिहासमा यो दोस्रो घटना हो । यसअघि सन् १९९१ मा ह्याम्बर्गमा भएको मतदानमा अनियमितता भएको पाइएपछि अमान्य घोषित गरिएको थियो ।    
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया