भोजपुरका लागि उडेको विमान काठमाण्डाै नै फर्कियो

 मंसिर २, २०७९ शुक्रबार १६:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा थर्कने समस्या भएपछि बाटोबाटै फर्किएको छ । 

फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा 'भाइब्रेशन' अर्थात् थर्किने समस्या देखिएपछि काठमाण्डाै नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । १५ जना यात्रु बोकेर उडिरहेको निगमको विमान उडेलगत्तै समस्या देखिएपछि काठमाण्डाै नै फर्किएको उहाँले बताउनुभयो । 

निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाण्डौबाट भोजपुर जाने र भोजपुरबाट काठमाण्डौ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् । ट्विनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् । 

अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ । निगमले ट्विनअटरले उडान भर्ने भोलि शनिवारकाे उडान स्थगित गरेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया