विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

 मंसिर ४, २०७९ आइतबार ९:६:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन । 

दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ । 

चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुरु भएको छ । स्याङ्जामा एक सय ९९ मतदान स्थलभित्र ३ सय २० मतदान केन्द्रमा रहेका छन् ।

कारागारको एक अस्थायी मतदान केन्द्रमा पनि मतदान भइसकेको छ । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया