प्रचण्ड उम्मेदवार रहेको गोरखामा मतगणनामा अन्याेल

 मंसिर ५, २०७९ सोमबार १३:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा - गोरखामा मतगणनामा अन्याेल भएको छ । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्रमा अहिलेसम्म गणना हुन सकेको छैन ।

हिजोको मतदानमा धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेकाले विवाद भएकाे छ । 

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अब्दुससलाम मिया, राप्रपाका सुशील पन्तलगायतका उम्मेदवार हुनुहुन्छ  ।

यस्तै, क्षेत्र नम्बर १ मा एमालेका रामशरण बस्नेत, कांग्रेसका राजेन्द्र बजगाईँलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखामा प्रदेश सभाको निर्वाचन क्षेत्र भने ४ रहेका छन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया