रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, विष्णु पाैडेल ३९ मतले पछि

 मंसिर ५, २०७९ सोमबार १७:२३:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएकाे छ । 

अहिलेसम्म छ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पाैडेलले दुई सय २९ मत ल्याएर अग्रता लिइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार विष्णु पाैडेलले पछ्याइरहनुभएकाे छ । 

पाैडेलले एक सय ९० मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले एक सय ५९ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया