प्रतिनिधि सभामा एमालेको खाता खुल्यो, ललितपुर २ का प्रेमबहादुर महर्जन विजयी

 मंसिर ५, २०७९ सोमबार २२:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।

विजयी महर्जनले १५ हजार २५ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका शाक्यले ८ हजार ८८६ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया