ललितपुर-१ मा कांग्रेस र ३ मा स्वतन्त्रको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ७:५३:५६ | सुजता सुनुवार
unn.prixa.net

ललितपुर - ललितपुर-१ मा नेपाली कांग्रेसका उदय शम्शेर जबराले एमालेका नवराज सिलवाललाई १ सय ६६ मतले पछि पार्नुभएकाे छ । 

कांग्रेसका राणाले आठ हजार पाँच सय ९७ मत ल्याउनु भएको छ भने एमालेका सिलवालले आठ हजार चार सय ३१ मत ल्याउनु भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नौ सय ३७ मतले नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता कायमै राख्नु भएको हो ।

यस क्षेत्रको नौ हजार सात सय ४३ मत गणना गर्दा स्वतन्त्रकी उम्मेदवार कार्कीले तीन हजार आठ सय ९६ मत ल्याउनु भएको छ । यस्तै, एमालेका खड्काले दुई हजार नौ सय ५९ मत ल्याउनु भएको छ ।

नेकपा माओवादी केन्द्रकी फम्फा भुसालले भने एक हजार सात सय ९६ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया