रुपन्देही ४ मा लाेसपाका शुक्ला विजयी

 मंसिर ७, २०७९ बुधबार २०:२२:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) विजयी भएकाे छ ।

लाेसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला २८ हजार मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमाेद यादवले २२ हजार ७ सय ४ मत प्राप्त गर्नुभयाे । यसकाे औपचारिक घोषणा हुन भने बाँकी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

यसअघि भएकाे २०७४ काे चुनावमा शुक्ला यादवसँग पराजित हुनुभएकाे थियाे ।

यस निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७७ हजार ६४ जनाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया