बर्दिया-२ को 'क' बाट प्रदेश सभामा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

 मंसिर ८, २०७९ बिहिबार ७:१२:४३ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'क' बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । 

नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई ५ हजार ६७ मत अन्तरले हराउँदै तिमिल्सिना विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।
 
जन्मजय तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका प्रदेशीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, नेकपा एमालेका लहनु थारुले १० हजार ६४३ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका कन्हैयालाले थारुले ५ हजार ३२५ मत ल्याउनु भएको छ । 

बर्दिया क्षेत्र नम्बर २ को 'क' मा ४८ हजार ६५९ मत खसेको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया