रुपन्देही - ५ : एमालेका बासुदेव घिमिरे निर्वाचित

 मंसिर ८, २०७९ बिहिबार ८:४६:२५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित हुनुभएकाे हाे।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाउनु भएको छ । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ ।

यस्तै, प्रदेश सभा ५ 'क' मा एमालेका भूमिश्वर ढकाल र ५ 'ख' मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी हुनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया