झापा ३ मा राजेन्द्र लिङ्देन विजयी, कृष्णप्रसाद सिटाैला ३२ सय मतान्तरले पराजित

 मंसिर ८, २०७९ बिहिबार १७:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – झापा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी हुनुभएकाे हाे । लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याउनुभयाे । 

झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रो पटक विजयी हुनुभएको हो । विसं २०७४ को प्रतिनिधि सभा चुनावमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी हुनुभएको थियो ।

झापा क्षेत्र नं ३ मा १ लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार ६ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेश सभा (ख) मा नेकपा (एमाले) का छविलाल चुडाल प्रदेश सभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया