मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित
फागुन २८, २०८१ बुधबार
डोटी – नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णय अनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ न. ३६ गण स्थापना भएको छ ।
जिल्लामा समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्युनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नयाँ न. ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरमा शिक्षक तालिम केन्द्र नजिकै गण हेडक्वाटरको कार्यालय स्थापना भएको छ । गणले डोटी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरुसँग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले बताउनु भयो ।
गणका लागि कुल ६ सय २१ जनाको दरबन्दी हुने भए पनि अहिले यो गणमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७६ जनाको जनशक्ति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी अहिले ७६ जना आएका छौँ, अन्य दरबन्दी अनुसारका कर्मचारीहरु आउने क्रम जारी छ, ।’
यो गणले समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदंगा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी रोक्ने तथा शान्ती सुरक्षा मजबुत बनाउने जस्ता काममा सक्रिय हुने छ । शान्ति सुरक्षा कायम गर्ने तथा अपराधिक क्रियाकलापमा नियन्त्रण ल्याउने उद्देश्यसहित सशस्त्र प्रहरीको गण स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।