प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको लगातार दोस्रो जीत
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा खण्डित र मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र मेघगर्जन, चट्याङसहित छिटपुट पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच गएको चौबिस घण्टामा बाजुरा, मुगु, कास्की, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, इलामलगायतका जिल्लामा छिटपुटदेखि हल्का वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।