बर्दिया १ मा कांग्रेसका संजय गाैतम विजयी

 मंसिर ८, २०७९ बिहिबार २२:४२:४४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा सदस्यमा संजयकुमार गाैतम विजयी हुनुभएकाे छ ।

अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाई ७ सय ५३ मतान्तरले पराजित गर्दै सासंदमा विजयी हुनुभएका गाैतमले यस पटक नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४ सय ५६ मतले पछि पार्दै विजयी हुनुभएको हाे । 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गाैतमले ३० हजार ६ सय ११ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १ सय ५५ मत पाउनुभयाे । 

यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९ सय ९३ मत प्रात गर्नुभयो ।

विजयी हुनुभएका गाैतम पूर्व सिँचाइ मन्त्री एवम् पार्टीका निवर्तमान सभापति र अहिले कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । 

बर्दिया क्षेत्र नम्बर १ मा १ लाख ६२ हजार मतदाता रहेकाामा १ लाख ४ हजार मत खसेकाे थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया