स्याङ्जा १ प्रदेश सभा (क) मा ६ मतान्तरले एमालेका सुधीर पौडेल विजयी

 मंसिर ९, २०७९ शुक्रबार १४:४९:५६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका सुधीर कुमार पौडेल ६ मतान्तरले विजयी हुनुभएको छ ।

पौडेलले कांग्रेसका बुद्धिबहादुर राना ‘कुमार’लाई ६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

एमालेका पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा कांग्रेसका रानाले १७ हजार ४ सय ३५ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया