चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन

 मंसिर ११, २०७९ आइतबार ९:४७:२५ | एजेन्सी
unn.prixa.net

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।

गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि  विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया