चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

 मंसिर १२, २०७९ सोमबार १४:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : निर्वाचन आयाेगकाे भिडियाेबाट

काठमाण्डौ – यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ । 

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज सोमवार एक कार्यक्रम आयोजना गरी मङ्सिर ४ गतेको चुनावमा बालबालिका प्रयोगको दुई सय १६ वटा घटना भएको जानकारी दिएको हो । संस्थाले गरेको अध्ययनअनुसार बालबालिका प्रयोगको घटनाअन्तर्गत प्रचारप्रसार तथा र्‍यालीमा एक सय ४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो । 

संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी सत्ता गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताउनुभयो । उहाँले गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताउनुभयो । गठबन्धनभित्र पार्टीगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले आठ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले तीन वटा घटनामा बालकालिकाको प्रयोग गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माले २५ वटा विद्यालय, एक वटा विद्यालय बस र चार जना शिक्षक पनि चुनावमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गर्नुभयो । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा एमालेले १० वटा विद्यालय बसको प्रयोग गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया