समानुपातिकमा एकीकृत समाजवादी सीके राउतकाे पार्टीभन्दा पछि

 मंसिर १२, २०७९ सोमबार २०:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रतालाई कायमै राखेकाे छ । 

अहिलेसम्मकाे मतगणनाअनुसार नेकपा एमाले २५ लाख ५६ हजार एक सय ५९ मतसहित अग्र स्थानमा रहेकाे छ । एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेकाे छ । कांग्रेसले अहिलेसम्म २४ लाख २५ हजार चार सय २८ मत प्राप्त गरेकाे छ । नेकपा माओवादी केन्द्र १० लाख ८२ हजार आठ सय ३८ मतसहित तेस्राे स्थानमा छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख मत ल्याइसकेकाे छ । उसले १० लाख ६६ हजार दुई सय १८ मत प्राप्त गर्दै चाैथाे स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ४७ हजार पाँच सय ६४ मतसहित पाँचाैँ स्थानमा छ । 

यस्तै जनता समाजवादी पार्टीले तीन लाख ४० हजार एक सय आठ, जनमत पार्टीले दुई लाख ८३ हजार एक सय ६४ र नेकपा एकीकृत समाजवादीले दुई लाख ५९ हजार छ सय ६४ मत प्राप्त गरेकाे छ । 

स्राेत : निर्वाचन आयाेग

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया