म्यादी प्रहरीको विषयमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाउने युवा पक्राउ

 मंसिर १४, २०७९ बुधबार १७:११:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जना पक्राउ परेका छन् ।

म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र चुनावमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो बनाएको आरोपमा हेटौँडाका नवीन खड्कालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाण्डाै जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि साइबर ब्युरोले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया