सुनसरीमा एमालेकाे विजय जुलुसमा झडप, १२ जना घाइते

 मंसिर १४, २०७९ बुधबार १७:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया