पद्मा अर्यालकै वडामा धनराज गुरुङलाई झन्डै २ सय मतको अग्रता

 मंसिर १५, २०७९ बिहिबार १४:२६:३५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइ रहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई एक हजार चार सय ७३ मतले पछि पार्नुभएको हो । 

कांग्रेसका गुरुङले पाँच हजार नाै सय ७६ मत पाउनुभएको छ भने एमालेकी अर्यालको चार हजार पाँच सय तीन मत रहेको छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार छ सय २५ मत प्राप्त गर्नुभएको छ । 

नेकपा एमालेकी उम्मेदवार अर्यालको स्थायी बसोवास रहेका वालिङ नगरपालिकाको वडा नं. १ मा समेत धनराज गुरुङले एक सय ९२ मतको अग्रता लिनुभएको हो । यस वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको भनाइ थियो । 

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७, भीरकोट नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८ र ९, वालिङको वडा नं. १ र २ को गणना भइसकेको छ भने अहिले वालिङकै ५ नम्बर वडाको मतगणना भइरहेको छ । 

यसैगरी प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइ रहनुभएको छ । अर्यालले एमालेका मोहनप्रसाद रेग्मीलाई एक हजार तीन सय ७६ मतले पछि पार्नुभएको हो । 
अर्यालले छ हजार चार सय ७० मत ल्याउँदा रेग्मीले पाँच हजार ९६ मत ल्याउनुभएको छ ।  

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता रहेकामा ७० हजार एक सय ९१ मत खसेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया