महानगरले सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि बागबजारका व्यवसायी आन्दाेलित

 मंसिर १५, २०७९ बिहिबार १७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे बागबजारमा सडकमा पार्किङ गरिएका गाडी काठमाण्डाै महानगरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायी आन्दोलित भएका छन् । 

काठमाण्डाैकाे बागबजारमा सडकमा नै गाडी पार्किङ गर्ने गरिएको छ । काठमाण्डाै महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि आफूहरूलाई असहज भएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । 

आज बिहीवार व्यवसायीले व्यवसाय बन्द गरेर महानगरको कदमप्रति विरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्र गरेको थियो । कालोपत्र गरिसकेपछि सडकमा गाडी पार्किङ गर्न महानगरले रोकेको हो । व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीले आफूहरूलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् । लाखौँ रकम व्यवसायमा लगाएर जीविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको उनीहरूकाे गुनासो छ । 

आफूहरूले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलित हुनुपरेको व्यवसायी राज कार्कीले बताउनुभयो । उहाँले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गर्नुभयो । व्यवसायी कार्कीले महानगरले आफूहरूको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  • रायन

    Dec. 1, 2022, 6:10 p.m.

    अचम्म छ बा! जसले व्यवसाय सञ्चालन गर्छ उसले पो पार्किङ्कको व्यवस्था गर्नु पर्ने होईन र? वा जसले व्यवसायको लागी घर भाडा लगाउँछ उसैले पार्किङको व्यवस्थापन गर्नु पर्ने होईन? सडकमै गाडि राखेर व्यापार गर्यो, कमाई गर्यो, सन्तानलाई अमेरिका पठायो अनि देश जहिले पनि बुङ्गै!! सडकमा पार्किङ गर्न दिनै हुँदैन, सडक गाडीको लागि बनाईएको हो! मेयर बालेन शाहाले जे गरेका छन्, त्यो एकदम ठिक छ। व्यवसाय बन्द भए होस्, तर सडकलाई सडककै रुपमा प्रयोग गर्नु पर्छ न कि पार्किङ्गको रुपमा। त्यसै पनि, त्यहाँ बाटै भरी गाडी पार्किङ्ग ले गर्दा मोटरगाडी चलाउन निकै कठिन छ, जाम पनि निकै हुन्छ। I am with Mayor Balen Sah!!

  •  0 Reply

तपाईको प्रतिक्रिया