गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

 मंसिर १८, २०७९ आइतबार १०:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । त्यस क्षेत्रलाई घेरेर राखिएको थियो ।  यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो ।

सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ । बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि  सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित हुनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया